काठमाण्डु - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । शुक्रबार ललितपुरको हात्तीवनस्थित निजी निवासमा पत्रकारसँगको कुराकानीमा उनले सामाजिक,आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताएका हुन् । “राजनीतिक परिवर्तनपछि जनताको जीवनमा गुणात्मक परिवर्तन हुनुपथ्र्यो, त्यसो हुन सकेको छैन”, उनले भने, “अब नयाँ ढाँचाको…