काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिएको अभिव्यक्ति विवादित भइरहँदा सो विषयसँग सम्बन्धित सरदार प्रितम सिंहले मुख खोलेका छन् । बुधबार एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा बोल्दै सरदार सिंहले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका हुन्। ‘हामीप्रति माया देखाउनलाई त्यसो भन्नुभएको होला। प्रधानमन्त्री बनाउन दिल्ली धाएको कुरा सत्य होइन।’, उनले भने । आफू प्रचण्डलाई प्रधानमन्त्री…