हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका छन्। बिहीबार बुटबलमा लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हाम्रो विकास मोडलबारे पनि पुनर्विचार गर्नुपर्ने बताएका हुन् । ‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ। हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीताजस्ता क्षेत्रमा…