काठमाण्डु – नेपाल डेरी एशोसिएशनको आयोजनामा शनिबार देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस–२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ । ‘मोहीको विश्वास, स्वास्थ्यको विकास: घरघरमा फैलाऔँ अभियानको प्रयास’ संकल्पका साथ सातै प्रदेशमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सम्पन्न भएको एशोसिएशनले जनाएको छ । काठमाण्डुस्थित एशोसिएशनको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी…