नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछाने सहितको टोलीले नवलपुरमा स्वागत गरेको छ । भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् । नवलपुरका सांसद राजन गौतम सहितको टोलीले गृहमन्त्रीसमक्ष यस सम्बन्धमा ज्ञापनपत्र समेत बुझाएको छ…