काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकबाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । प्रचण्डले दुइ चार दिनभित्रै सरकारलाई पुर्णता दिने दाबी गरेका छन् । ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो जो दलहरुसँग…