बालेन नेतृत्वको मन्त्रीमण्डलमा झण्डै ४० प्रतिशत महिला

काठमाण्डु- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा महिला प्रतिनिधिको संख्या झण्डै ४० प्रतिशत पुगेको छ । सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषमा उल्लेखनीयरुपमा महिला सहभागि गराएको हो । कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री नियुक्त भएका छन्, जसले ३७.५ प्रतिशत (झण्डै ४० प्रतिशत) महिला प्रतिनिधित्व कायम गर्छ। गत चैत १३ गते प्रधानमन्त्री शाह नेतृत्वको…