उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने, संसद बैठकमा उपस्थित हुन सांसदलाई निर्देशन

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । भोलि हुने उपसभामुख चयनका लागि एमालेलेअ पनि उम्मेदवारी दिने तयारी गरेको हो । उम्मेदवार कसलाइ बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हाम्रो मात्र भोटले जितिँदैन, त्यसैले अरु दलसँग पनि कुराकानी भइरहेको छ,’ उनले भने ।…