काठमाण्डु- नेपाली कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठक सकिएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएको हो । आजको बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएको निवेदनबारे निर्णय हुने तय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । ‘आज भ्रातृ तथा शुभेच्छुक…