चितवनमा माओवादीलाई कमजोर बनाउने चलखेल भइरहेको छ : प्रचण्ड

काठमाण्डु- सत्ता रुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले चितवन जिल्लामा नेकपा माओवादी केन्द्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले भने, ‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ ।…