सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री चौधरीद्वारा राजीनामा

काठमाण्डु – सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले राजीनामा दिएका छन् । मन्त्री चौधरीका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई राजीनामा पत्र बुझाएका छन् । ‘प्रस्तुत विषयमा नेपालको संविधान १६८ को उपधारा २ को खण्ड क बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रीको पदबाट राजीनामा दिएको सादर जानकारी…