काठमाण्डु – बाँके र रुपन्देहीमा भएको छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका–६ स्थित सडकमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु२ख ४६ नम्बरको बसको ठक्करबाट पैदलयात्री जानकी गाउँपालिका–६ कोठारपुर बस्ने ६० वर्षीया कलावती भाटको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु…