न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसाय देखियो : नेपाल बार एशोसिएशन

काठमाण्डु- नेपाल बार एशोसिएशनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत न्यायपालिकामाथि कार्यपालिकाको प्रभाव बढाउने प्रयास भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । एशोसिएशनले संविधानको मर्म, शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकामाथि प्रहार हुने गरी सरकारले अध्यादेश ल्याएको आरोप लगाएको हो । बार एशोसिएशनले शुक्रबार जारी गरेको वक्तव्यमा नेपालको संविधानको धारा २८४ को भावना विपरीत संवैधानिक परिषद् (काम, कर्तव्य,…