काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका प्रतिनिधि सभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण शनिबारदेखि सुरु भएको छ । आइतबारसम्म ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा जारी रहने कार्यक्रमको उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन् । संसद्लाई जनताको पक्षमा थप प्रभावकारी बनाउन र…