झापा – पूर्व–पश्चिम राजमार्गको झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा सोमबार बिहान सवारी दुर्घटनामा हरिप्रसाद सिटौलाको निधन भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ४ प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय सिटौला गम्भीर घाइते भएका थिए । टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित…