राष्ट्रियसभा सदस्य भट्ट बैठकमै अस्वस्थ

काठमाण्डु – राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट बैठक सञ्चालनकै क्रममा अस्वस्थ भएका छन् । आसन ग्रहण गरिरहेको अवस्थामा एक्कासि ढल्न खोजेपछि सभाध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेर उपचार थालिएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्‍याइएको छ । रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद…