राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै १३ लाख कुम्ल्याउने पालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु- अछामको ढकारी गाउँपालिकाका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चलचित्र बनाउने भन्दै बजेट दुरुपयोग गरेको अभियोगमा पालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउदविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन काठमाण्डुका…