गगनको राजीनामापछि विश्वप्रकाशकाे अध्यक्षतामा कांग्रेस बैठक बस्दै, यी एजेन्डामा छलफल हुने

काठमाण्डु- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सभापति गगन थापाले राजीनामा दिएपछि पहिलो पटक भोलि शुक्रबार बैठक बस्ने भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षता गर्ने तय भएको छ।  विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले निर्वाचनमा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि नैतिकताका आधारमा राजीनामा घोषणा गरेका…