फेसबूकमा फेक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाण्डु महानगरपालिका–१६ नयाँबजार बस्ने कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका २३ वर्षीय तपेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । फेसबूकमा फेक आईडी बनाई पीडित महिलाको तस्वीर सँगसँगै चरित्र हत्या गर्ने तवरबाट अपमानजनक तथा अमर्यादित कन्टेन्ट निर्माण गरी पोष्ट गर्नुका साथै अपरिचित व्यक्तिका अश्लिल क्रियाकलापका भिडियो सामाग्रीहरूमा समेत…