काठमाण्डु – माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी गर्दै खड्काको राष्ट्रियसभा सदस्य पद खाली भएको जानकारी दिएका छन् । माओवादी केन्द्रबाट सांसद बनेका खड्का नेकपा एमालेमा प्रवेश गरेपछि वैशाख १० गते उनलाई बर्खास्त गर्न राष्ट्रिय सभा सचिवालयमा संसदीय दलका नेता दीनानाथ शर्माले…