केपी ओली अध्यक्ष भएको पार्टी नै आधिकारिक हो, माधव नेपाललाई आयोगले चिन्दैनः प्रवक्ता गुरुङ

काठमाण्डु – सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टी नै आधिकारिक भएको दाबी गरेका छन् । मंगलबार मन्त्रिपरिषद् बेठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता गुरुङले तोकिएको मितिमा निर्वाचन हुने भन्दै निर्वाचनको घोषणा गरेको सरकार प्रमुखले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दाबी गरे । ‘जुन दलको प्रधानमन्त्रीले निर्वाचनको घोषणा गरेको…