गृहजिल्ला हिडेका खेलकुदमन्त्रीलाई बीच बाटोमै रोकियो, ४ घण्टादेखि मेलम्चीमै

काठमाण्डु – गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेका युवा तथा खेलकुदमन्त्री दावा तामाङ बीच बाटोमै रोकिएका छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि भन्दै गृहजिल्ला हिडेका मन्त्री तामाङलाई इन्द्रावती गाउँपालिका–४ स्थित टाकुरेमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बीच बाटोमै रूख ढालेर प्रवेश गर्नमा रोक लगाएका हुन् । बाटोमा अवरोध भएपछि मन्त्री तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै रोकिएका छन् ।…