रविलाई उज्यालो नेपालका कार्यकर्ताले देखाए कालो झण्डा, ७ जना पक्राउ

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका छन् । चुनावी कार्यक्रममा सहभागी हुन दमौलीको पुगेका लामिछानेलाई उज्यालो पार्टीका समर्थकहरूले कालो झण्डा देखाएका हुन् । चितवनबाट रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले दमौली आउदै गर्दा कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिएको हो ।…