काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनसगको सीमा विवादबारे सरकारको हतारो निर्णय भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बिहीबार एक विज्ञप्ति जारी गर्दै हुम्लामा स्थलगत अनुगमन टोली फिर्ता नहुँदै सरकारले धारणा सार्वजनिक गर्नु युक्ती संगत नदेखिएको बताएका हुन् । ‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन…