काठमाण्डु– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका बारेमा फैलाइएका अनावश्यक भ्रम र संशयको पछि नलाग्न उम्मेदवार तथा राजनीतिक दलहरूलाई सुझाव दिएका हुन् । उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने बताए ।…