यूएईको बाढीमा परी १ नेपालीको मृत्यु

काठमाण्डु – युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी १ जना नेपाली श्रमिकको मृत्यु भएको छ । भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको आबुधाबीस्थित नेपाली दुतावासले जनाएको छ । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेका दुतावासले जनाएको छ । उनले स्थानीय वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको बताइएको…