काठमाडौं – बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । शुक्रबार संविधान दिवसको अवसरमा कार्यक्रमबाटै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम भएकाले आज हुने भनिएको सम्बोधन स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् । तर…