काठमाडाैँ- प्रमुख राजनीतिक दलहरु सङ्घीयता, गणतन्त्र, लोकतान्त्रिक व्यवस्था र संविधानको पक्षमा एकताबद्ध भएर अगाडि बढ्ने भएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी दलका शीर्ष नेताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको भन्दै एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।…