काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएको प्रति ब्यङ्ग्य गर्दै चिहानमा गएर हड्डी फुकेर पुरानो सत्ता ल्याउने सपना नदेख्न बताएका छन् । प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरे । उनले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली…