काठमाण्डु– झारखण्डमा सरकारी सेवाका लागि हुने परीक्षामा अनियमितता भएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीहरूले सोमबार राजधानी राँचीमा प्रदर्शनलाई थप चर्काएका छन्। सरकारसँग भएको छैटौँ चरणको वार्ताबाट पनि निकास ननिस्किएपछि विद्यार्थीहरू विधानसभातर्फ मार्च गरेका हुन्। विद्यार्थीहरूको मार्चलाई रोक्न राँचीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जगन्नाथ मन्दिरनजिकैदेखि झारखण्ड विधानसभातर्फ जाने सडकमा रेजर फेन्सिङ लगाइएको छ भने विधानसभाको ७५०…