काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा निहुँ खोज्ने उद्देश्यका साथ मंगलबार कांग्रेसले आफुलाई सदनमा बोल्न नदिएको दावी गरेका छन् । संसदमा सम्बोधन गर्न नपाएपछि अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलले संसदमा असंसदीय क्रियाकलाप गरेको भन्दै आक्रोश पोखे । ओलीले भने, ‘प्रधानमन्त्रीलाई बोल्न रोक्नको लागि, संसदको काम कारवाही अवरुद्ध र्गयो,…