काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले ओखलढुंगाको जलजलेस्थित मोलुङ खोलाको मान्द्रे दोभानमा बन्न लागेको पुल ठेक्का पाएको ६ वर्षसम्म पनि काम पूरा नगरेको भन्दै ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा बोल्दै ठेक्का पाएको ६ वर्षसम्म पनि काम पूरा नगरेको भन्दै नेपाली कांग्रेसको तर्फबाट…