काठमाण्डु– काँग्रेसनिकट विद्यार्थी संगठनको अध्यक्षमा करुणा कटवाल नियुक्त भएकी छन् । सभापति गगन थापाले मंगलबार कटवाललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । नेविसंघले महिला अध्यक्ष पाएको यो पहिलो हो । डुजाङ शेर्पा नेतृत्वको केन्द्रीय समिति कार्यकाल सकिएर विघटन भएपछि नेविसंघ नेतृत्वबिहीन थियो । पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न अक्षम रहेको भन्दै काँग्रेस केन्द्रीय समितिले नेविसंघ विघटन गरेको…