टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी सुरुआत, नेदरल्यान्ड्स पराजित

काठमाण्डु – आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । शनिबार श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब मैदानमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै पहिलो जीत दर्ता गरेको छ । नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले खेल सकिन ३ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानको जीतमा ओपनर…