उपाध्यक्ष यादवले फुटाए राजपा, राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा

काठमाडौं- मधेशको दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी विभाजन भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । शुक्रबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ…