रमेश लम्साल काठमाडौँ- राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य र मान्यतामा आधारित भएर आफूले काम गर्ने बताएका छन् । राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित भएपछि संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा सानो ठूलो कोही पनि नहुने भएकाले सबैको भूमिका महत्वपूर्ण हुने बताए । “लोकतन्त्रमा सानो ठूलोले केही…