काठमाडौं– बहालवाला उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ फेरि सोही पदमा दोहोरिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित एमाले–माओवादी केन्द्रका नेताहरुको बैठकले पासाङलाई पुनः दोहोर्याउने निर्णय गरेको हो। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै पुनको समेत कार्यकाल दोहोरिने चर्चा चलेपनि माओवादीले औपचारिक निर्णय गरेको थिएन। एमाले–माओवादीका…