काठमाडौं - माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ।तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ। जनताको बहुदलीय जनवाद (जबज) मा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल…