काठमाण्डु - नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फिर्ता भएका छन्। रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन उनी यही जेठ ९ गते त्यसतर्फ प्रस्थान गरेका थिए। सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उनले विश्व परिवेशमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता तथा त्यसका चुनौतीबारे सम्बोधन गरेको उनका स्वकीय…