काठमाण्डु– राष्ट्रिय मानव अधिकार आयोगले चुनावका क्रममा घृणायुक्त अभिव्यक्ति नदिन र त्यस्ता अभिव्यक्तिको प्रचारप्रसार नगर्न आग्रह गरेको छ। मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै चुनावी प्रचारका क्रममा आइरहेका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको हो । ‘आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका…