काठमाण्डु– नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ ।एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । सोमबार नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्…