काठमाण्डु - आगामी निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन/तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेद्वार…