राप्रपा नेता शाहीको अपिल : विदेशी दूतावासले सञ्चालन गर्ने ‘युथ काउन्सिल’ पनि खारेज गर्नू

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालस्थित विदेशी दूतावास तथा निकायहरूले सञ्चालन गरिरहेका युथ काउन्सिलहरू तत्काल खारेज गर्न सरकारसँग जोडदार माग गरेका छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अपिल पत्रमा शाहीले देशको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको रक्षाका लागि यस्तो कदम चाल्न आवश्यक रहेको बताए । नेता…