हर्क साम्पाङ र सुदन किरातीबिच एकता गर्ने सहमति

काठमाण्डु - हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकता गर्ने सहमति भएको छ । बिहीबार राति साम्पाङ र किरातीबीच एकतासम्बन्धी सहमति भएको हो । किराती समूहले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ । किराती पार्टीमा वरिष्ठ नेता रहनेछन् । सहमतिसँगै शुक्रबार एकता घोषणा गरिँदैछ…