नागरिकलाई नाङ्गै सडकमा दौडाउने डोजर आतंक स्वीकार्य छैन : सभापति थापा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुमबासी नागरिकलाई नाङ्गै सडकमा दौडाउने डोजर आतंक स्वीकार्य नहुने बताएका छन् । सिंहदरबारमा पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले काठमाण्डुका नदी किनारका सुकुमबासी बस्तीमा चलाइएको डोजरलाई राज्यको बर्बरताको संज्ञा दिए । कांग्रेसले नक्कली सुकुमबासीको बचाउ नगर्ने बताउँदै थापाले सुकुमबासीमाथि राज्य क्रूर र कठोर हुन…