काठमाण्डु – नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गरी देशभरका क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्ने कार्यलाई उत्साहपूर्वक अगाडि बढाएको छ । यसै क्रममा पार्टी केन्द्रीय कार्यालयले सबै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर प्रणालीमा सूचीकृत गराउन अनुरोध गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सदस्यता अद्यावधिक…