काठमाण्डु – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले विवादित प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । विपक्षी दलहरूको अवरोधका कारण संसद्मा बोल्न नपाएपछि उनले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका छन् । ‘यो असत्य र बेठीक कुरा हो ।…