काठमाण्डु - प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजीका परिवारले धर्ना दिएका छन् । उनीहरूले टाउकोमा कालोपट्टी बाँधेर शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी परिवारहरुले धर्ना दिएका हुन् । सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । उनीहरुको मुख्य माग मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन होओस् भन्ने छ ।…