काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले माघे संक्रान्ति जस्ता मौलिक चाडपर्वहरू देशको सभ्यता, संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छन् । बिहीबार काठमाण्डुको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यता बिचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध सशक्त बनाएको बताइन् । उनले भनिन्, ‘माघे संक्रान्ति जस्ता मौलिक चाडपर्वहरू हाम्रो सभ्यता संस्कृति…