चितवनमा एक युवक मृत फेला, शव नजिकै भेटियो गोलीको खोका

काठमाण्डु – चितवनमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित सिमल डाँडा खेत नगरमा अन्ताजी ३० वर्षीय युवकको शव फेला परेको हो । प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन । मृत अवस्थामा फेला परेको युवकको टाउकोमा गोली लागेको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ…